
काठमाण्डौ ।
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ ।
पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर अघिदेखि एकतर्फी खुलाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।



वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ ।
पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।
यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ ।
यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, चौध किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ।








