
जानका न्यौपाने(भट्टराई)/पाल्पा ।
पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा गम्भिर घाईते भएका चालकको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा घाईते चालकको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर गम्भिर घाईते चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरेलाई उपचारको लागी प्रवासमा लगिएको थियो ।
दुर्घटना बारे अनुसन्धान भै रहेको प्रहरीको भनाई छ ।









