
काठमाण्डौ ।
नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ ।
हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।
सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।



नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् ।








