
जानका न्यौपाने(भट्टराई)/दाङ ।
दाङको दंगिशरण गाउँपालिकाबाट एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
गाउँपालिकाको वडा नं. ३ ड्वाङड्वाँङेका २४ वर्षीय मेघराज पुन मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।



बुधबार राति १० बजेतिर स्थानीय तिलकन्या सामुदायिक वनमा वन्यजन्तुको सिकार खेल्न भनेर भरुवा बन्दुक बोकेर जाँदै गरेका पुनलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको हो।
स्थानीय सामुदायिक वनको ड्वाङड्वाङे चौरमा पुनलाई भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
मगरबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।









