
एजेन्सी ।
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।
आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो ।



अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ ।
लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् ।
यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।








