
बुटवल ।
रुपन्देहीको सैनामैनामा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।
पुर्व– पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–८ रामापुरमा आइतबार साढे ५ बजे दुर्घटना भएको हो ।



पुर्वबाट पश्चिमतर्फ गईरहेको लु ६८ प १३८५ नम्बरको मोटरसाइल र विपरित दिशाबाट आईरहेको लु ६० प ३२८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सैनामैना १० पानबारी बस्ने वर्ष २६ का तारासिंह राना,कपिलबस्तु जिल्ला बस्ने वर्ष २८ का ताराचरण चौधरी,सोही जिल्ला बस्ने वर्ष १९ का रविन थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रवक्ता थापाले बताए ।









