
जानका न्यौपाने (भट्टराई)/पाल्पा ।
ट्याक्टर दुर्घटना हुदाँ पाल्पामा चालकको मृत्यु भएको छ ।
जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।



ट्याक्टरको अगाडिको दायाँतर्फको टायर फुस्किन गई अनियन्त्रत हुँदा सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्दा चालक सोही ठाउँका ३८ वर्षीय दुर्गाबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टरले च्याप्दा चालकको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक ४२ वर्षीय एकबहादुर थापा घाईते भएका छन् ।
घाईते थापाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भै रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।









