
काठमाण्डौ ।
देशका धेरै ठाउँको मौसम अहिले सामान्य बद्ली भएको छ ।
देशका धेरै स्थानमा मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अहिले गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । आज दिउँसो मौसम बद्ली भइ धेरै ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको छ ।
प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबको तीन/चार दिन धेरै ठाउँमा घाम लाग्ने र मौसम सामान्य बद्ली हुने क्रम चलिरहने तर कतैकतै बाहेक ठूलो पानी नपर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।








