
रौतहट ।
रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५ बजे देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो ।



नदीको बाँध वाट झन्डै १० फिट तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जना बर्ष २० का गोविन्दा पटेल र २२ का कोबिन्द्र पटेलको घटना स्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
त्यसैगरी राकेश पटेल र कान्थ पटेल गम्भीर घाइते भएका छन् । घटनाबारे थप अनुसंधान भैरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।








