
काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



२४ घन्टामा कुल परीक्षणको झन्डै २५ प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६ हजार सात सय ६१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६ जना कोरोना निको भएका छन् ।योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।
यस्तै थप १८ जनासहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ४८ रहेको छ ।









