
बुटवल ।
रूपन्देहीको कञ्चन खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ ।
बाढीमा परेर १ जना बेपत्ता भएका छन् ।



बाढीले बगाएर सैनामैना नगरपालिका–१० की ९ वर्षीय बालिका गंगा पाण्डेको मृत्यु भएको हो । बेपत्ताको परिचय खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बेपत्ताको खोजी भइरहेको बताए ।
बुधवार दिउँसो खोलामा बाढी आएको थियो ।









