
दाङ ।
रेड पाण्डाको छाला र काइनेटिक टल्लने ढुङ्गासहित दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १६ गरुवामा रेड पाण्डाको छाला बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले
सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाँजरकोट जुनीचाँदी गाउँपालिका ७ का ४८ वर्षीय डिलबहादुर रावतलाई बुधवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म दुई फीट १० इन्च लम्बाइको नङ्ग्रासहितको रेड पाण्डाको छाला एक थान,
काइनेटिक टल्लने ढुङ्गा सानो ठूला गरी ३२ थान, मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले बताए ।









