
अर्घाखाँची ।
पहिरोका कारण गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षा संगै गएको पहिरोका कारण सडक खण्ड बन्द भएको हो ।



शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोका कारण बिहीवार बिहानदेखि सडक बन्द भएको
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मर थापाले बताए ।
सडक बन्द भएसंगै सवारी साधनहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।
सडक सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।









