
अर्घाखाँची ।
कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका ५ साविकको मैदानका ४२ बर्षिय हुम बहादुर रास्कोटीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अमर थापाले जानकारी दिए ।



कपिलवस्तु जिल्ला बाणगगां नगरपालिका वाड नम्वर १ उप्टहवाबाट प्रहरीले फरार रहेका अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वाड नम्वर ५ निवासी वर्ष ४२ का हुमबहादुर रास्कोटी मगरलाई मगंलबार दिउँसो प्रकाउ गरेको थापाको भनाई छ ।
वि।सं २०६४ साल कार्तिक २६ गते अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वाड नम्वर ५ साविकको मैदानका २१ बर्षका नारायण सूर्यवंसीलाई उनकै घरमा रास्कोटीसहित तीन जनाले कुटपिट गरी हत्या गरेका थिए ।
घटना संलग्न सोही स्थानका वर्ष ४८ का गनबहादुर खाम्चाकी मगर र सोही स्थान कै वर्ष ४२ का चोकबहादुर खाम्चाकी मगर फरार रहेको प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले बताए ।
घरायसी रिसिविका कारण कुटपिट गरेको मगरले स्वीकार गरेको सुचना अधिकारी खनालको भनाई छ ।
अभियुक्तलाई अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









