
गुल्मी ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।
धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिँदा मोटरसाइकल चालक सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



प्रहरीका अनुसार तानसेन नगरपालिका १४ का अन्दाजी ३१ वर्षिय पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय अनिल विक, धुर्कोट गाउँपालिका ५ की ४० वर्षीया सीमकला विक धुर्कोटकै ६७ वर्षीय हरिप्रसाद भण्डारी घाइते भएका छन्। उनीहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप चालक धुर्कोट गाउँपालिकाका ३० वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।









