
जानका न्यौपाने (भट्टराई) /पाल्पा ।
निषेधाज्ञालाई थप खुकुलो पार्दै पाल्पामा १० दिन थप गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउर्दैै साउन १० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।



बैठकले जोरविजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
स्वास्थका सम्पूर्ण मापदण्ड पालना गरी सार्वजनिक चलाउन पाईने भएको छ । विहान ७ बजेदेखि साँझा ७ बजेसम्म मात्र गाडीहरु चलाउन पाईने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
यस्तै यस अघि संचालन हुदै आएका पसल तथा व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएकोमा समय थप गरी ५ बजेसम्म पु¥याएको छ ।
भिडभाड हुने सभा,सम्मेलन,गोष्ठी,विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक, सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ ।
आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ ।
गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै थप्दै लगिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल पनि बढ्दै गएको छ ।









