
गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौंमा उपचारको क्रममा थापाको बिहीबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।



गत फागुन २८ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंमा रहेर विभिन्न अस्पतालमा उपचार गराइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।
थापाको स्वास्थ्यमा लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो। उनी नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।
थापा नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पनि हुन्।
नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले पार्टीले एक असल र स्वच्छ छबि भएका व्यक्ति गुमाएको बताएका छन् ।
उनले थापाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए।









