
काठमाडौं ।
राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गरेकी छिन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी हुन्।



असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए।
अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो।










