
जानका न्यौपाने (भट्टराई )
पाल्पा ।
पाल्पामा निषेधाज्ञा खुकुलो बनेसंगै कोरोना संक्रमीतको ग्राफ उकालो लाग्न थालेको छ । शुक्रबार मात्र जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टी भएको हो ।



६१ जनाको पीसीआर परीक्षण गरिएकोमा बगनासकाली गाउँपालिकाका ६ जना र माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका १÷१ जना गरी १० जनामा संक्रमण पुष्टी भएको छ ।
यस्तै १ सय ४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २४ जना , बगनासकाली गाउँपालिकाका १२ जना र तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका ८÷८ जना गरी ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।६ जना महिला र ६ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
पाल्पामा आजसम्म १ सय १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ३५ रहेको स्वास्थ कार्यालयले जानकारी दिएको छ । जिल्लामा साउन १० गते सम्म निषेधाज्ञा कायमै रहेको छ ।









