
जानका न्यौपाने (भट्टराई) /पाल्पा ।
शुक्रवार राती देखि परेको बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा बाटो शनिवार विहानदेखि नै अवरुद्ध भएको हो ।



सडक माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ को सिद्धबाबा क्षेत्रमा कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा पहिरोले खसेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षा नरोकिएको र ढुंगा खस्ने क्रमपनि बढेकाले बाटो खुलाउन समस्या भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सडक अवरुद्ध भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, बुटवल लगायतका स्थानहरुमा जाने आउने सवारी साधनहरु बाटोमै रोकिएको दोभान प्रहरी चौकीले जनाएको छ । बाटो सुचारु गर्ने प्रयास भै रहेको प्रहरीले जनाएको छ ।









