
जनकपुरधाम ।
बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज परीक्षण गरिने भएको छ।
रेल सञ्चालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन्।



आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन्।
महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुने भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ।
त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई‚ भैंसी‚ साइकल‚ मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको महाप्रबन्धक भट्टराईले बताए।








