
काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।



आजको बैठक विशेषगरी संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताए।
एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेको छ।
तामाङका अनुसार हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित केही सांसदले विश्वासको मत दिएको विषयमा पनि आजको बैठकमा समीक्षा हुनेछ।
हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो।हिजो देउवालाई एमाले अध्यक्ष ओली पक्षका ८ र वरिष्ठ नेता नेपाल पक्षका १४ जना सांसदले विश्वासको मत दिएका थिए।









