
बुटवल ।
उद्योगीहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न रुपन्देही उद्योग संघले माग गरेको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी खोप व्यवस्था गर्न आग्रह गरेको हो ।



संघका अध्यक्ष बाबुराम बोहोराले उद्योगीहरुले देशको अर्थतन्त्र, रोजगारी अभिृबद्धि र औद्योगिक विकासमा उल्लेख्य योगदान गर्दै आइरहेको भएता पनि उद्योगीहरुलाई राज्यले प्राथमिकता नदिएको प्रति गुनासो गर्नु भएको थियो ।
उहाँले उद्योगीहरु खोप व्यवस्था हुने आशामा धैर्य भई बसिरहेकोमा सरकारले विभिन्न क्षेत्रलाई प्राथमिकता दिंदै गर्दा उद्योगीलाई समेट्न नसकेकाले निजी क्षेत्र चिन्तित बनेको समेत बताउनु भएको थियो । सो क्रममा संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र अध्यक्ष बाबुराम बोहोराले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्योगीहरुलाई खोप व्यवस्था गर्न आफु चिन्तित रहेको र अबको केहीदिन भित्र खोप व्यवस्था गरी संस्था मार्पmत सदस्यहरुलाई खोप उपलब्ध गराउने आश्वासन दिनु भएको थियो ।









