
काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ।
बैठकले हिजो स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ।



केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको र जवाफ नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने बताए।
तर अर्का केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल केन्द्रीत हुने बताए।
माधव नेपाल पक्षले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निश्कर्ष निकालेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई माधव नेपालसहित २२ सांसदले विश्वासको मत दिएपछि हिजो बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो।









