
दाङ ।
करेन्ट लागेर दाङमा एक युवकको मृत्यु भएको छ ।
सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ ।



करेन्ट लागेपछि गम्भीर घाइते भएका बस्नेतलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।









