
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक साउन २० गते बस्ने भएको छ ।
बुधवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।



साउन २० गते बिहान ११ बजेदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न साउन १७ मा स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै उनले सरकारलाई पूर्णता दिनेबारे गठबन्धनका दलहरूसँग छलफल गरेर टुंगो लगाइने बताए ।








