
काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।



पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ ।
पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको छ ।
एमालेले संसदीय दलको विधान विपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको हो ।
उनीहरुले दिने जवाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गर्ने ब्यहोरा पनि पत्रमा खुलाइएको छ ।








