
पाल्पा ,१३ श्रावण
जानका न्यौपाने,भट्टराई
मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर पाल्पाका एक युवा व्यवसायीले भने आफ्नो जन्म दिनको अवसरमा उदाहरणीय काम गरेका छन । करिब एक र्दशक भन्दा बढी आफ्नो जीवन व्यापार,व्यवसायमा बिताएका तानसेन ९ मदन पोखराका विष्णु भण्डारीले हिजो अर्थात श्रावण १२ गते परेको आफ्नो जन्म दिनको अवसरमा तानसेन ९ मा रहेको दमकडा नमुना माध्यामिक विधालयमा अध्यनरत दृष्टि विहीन विद्यार्थीहरुलाई हिडडुल गर्न सजिलो होस भनी ३० थान सेतो छठी , तानसेन ९ मा नै रहेको टिन्टी आपँ प्रा.वि का सम्पुर्ण विद्यार्थीीहरुको लागी डे्स साथै सोही वडामा रहेको बालकृष्ण प्रा.वि तानसेन ९ का विद्यार्थी हरुलाई ड्ेसको टी सर्ट वितरण गरेका छन् । त्यस्तै गरि आफ्नो जन्म दिनको अवसरमा युवा व्यवसायी भण्डारीले कमलेश्वर मन्दिर स्तर उन्नतिका लागी नगद रु ५,५५५ तथा युनाईटेड युथ क्लबका लागी र दमकडा फुटबल क्लबका लागी खेलकुदका सामाग्री वितरण गरेका छन् । भने लामो समयदेखि दुवै मृगौला फेल भई काठमाण्डौमा उपचारत पाणिनी १ अर्घाखाँचीका बालक विष्णुहरी प्रोखरेलको लागी नगद रु १५०० सहयोग समेत गरेका छन् । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि सहयोग गरेको भण्डारीले बताए।













