
अर्घाखाँची-१३ श्रावण,
जानका न्यौपाने



अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ७ अडगुरीमा नेकपा एमाले परित्याग गरि १३ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम नगरेको भन्दै नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम , काँग्रेस संगठन विभाग सदस्य तुल्सीराम पौडेल, पालिका कार्यवाहक सभापति नुरमहमद अलि, क्षेत्रिय सदस्य महेश पन्थ लगाएतले पार्टी प्रवेश गराएका हुन ।एमाले परित्याग काँग्रेसमा प्रवेश गर्नेहरु दिपक पल्लि, प्रेमबहादुर थापा, लक्ष्मण विक, सुरज पल्लि लगाएत प्रवेश गरेका थिए । उनिहरू नेकपा एमालेका सक्रिय कार्यकर्ता रहेको काँग्रेसका क्षेत्रिय सदस्य महेश पन्थले जानकारी दिनुभयो ।










