
अर्घाखाँची,सन्धिखर्क,
दिपक भट्टराई
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलले अर्घाखाँची अस्पतालका डा। कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका छन् । खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका डा। कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका हुन् । खड्काले कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पताल बाट रिफर गरि काठमाडौं लैजाने क्रममा सो व्यवहार गरेका हुन् । साथै खड्काले एम्बुलेन्समा लात्ती प्रहार गरेका छन् ।
साथै अस्पताल स्रोतका अनुसार डा।गौतम आज मेडिकल डियुटीमा नभएता पनि जिल्लाबाटको पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर हिड यिनी डाक्टरको काम छैन भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए।
त्यस्तै डियुटिमा खटिएकी डा।पुजा पन्तलाई त को होसर भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्स लाई लात्तीले हानेको प्रत्यक्षदर्शीले बताएका छन। साथै अस्पतालमा डाक्टरहरुले अक्सिजन दिएर राम्रो उपचार गरेको बताएका छन् । यसरी स्वास्थ्यकर्मी माथि भएको मानसिक दवाव एंव अभद्र व्यहवारले स्वास्थ्यकर्मीको मनोवलमा आच आउने निश्चित देखिन्छ ।












