
१३ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग बुधबार नेता नेपालले छलफल गरे पछी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीपक्षीय सांसदहरुले धेरै अलमलमा नबस्न सुझाव दिएका छन् । त्यस क्रममा सांसदहरुले अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् । ‘वारपार गरौं । धेरै अलमल गरेर हुँदैन भन्ने हाम्रो कुरा हो’, सांसद पावर्ती बिशुंखेले भनिन् । पार्टी एकता गरेपनि र नगरेपनि चाँडो टुंग्याउन सुझाव दिएको उनले बताइन् ।
सकेसम्म पार्टी एकतालाई प्राथमिकतामा राख्न सुझाव दिएको अर्का सांसद भवानी खापुङले बताए । ‘पार्टी एकता हुन्छ वा हुन्न भन्ने कुरा अध्यक्ष केपी शर्मा ओलीमै भर पर्छ । तर एकता अगाडि हाम्रो शर्त पूरा हुनुपर्छ भन्नेमा एकमत भयौं’, उनले भने । नेता नेपालले आफू निकट स्थायी कमिटी, जनसंगठन, सांसद सहित नेताहरु अलगअलग छलफल गरिरहेका छन् ।सांसदहरुको सुझाव सुनेपछि नेता नेपालले भने अरु नेताहरुसँग पनि कुरा गरेर निर्णय लिने बताए । केन्द्रीय कमिटीमा पनि यसबारे छलफल हुन्छ । सवैको सुझाव सुनिरहेको छु नेता नेपालले भने ।
सहभागी सांसदहरुका अनुसार, माधव नेपालले एकता वा विभाजनबारे ठोस कुरा केही पनि राखेनन् । छलफल चलिरहेको छ ।











