
जानका न्यौपाने,
पाल्पा १७



पाल्पा जिल्ला प्रहरी कार्यालय ३ जना फरार प्रतिवादीलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीका अनुसार रामपुर नगरपालिका–३ का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१ का ४९ बर्षीय कृष्ण प्रसाद पाठक र नस्दी गाउँपालिका–१ का ६० वर्षीय वीरबहादुर पुलामीलाई अदालतमा पेश गरिएको हो ।
उनीहरु तीनैजनालाई अदालत पेश गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । न्यौपानेलाई बैकिङ्ग कसुर मुदमा ७ लाख ३० हजार जरिवाना बुझाउन बाँकी रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाठक बहुविवाह मुद्दामा एक बर्ष ३ महिना कैद सजाय भई फरार रहेका थिए । भने पुलामी जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय फैसलापछि फरार रहेका थिए ।









