
दिपक भट्टराई,
१८ साउन ।
त्रिवि व्यवस्थापन संकायबाट सञ्चालन भएका परिक्षा नरोकिएकाले कुनै भ्रममा नपर्नुहुन सहायक डिन घिमिरेले आग्रह गर्नुभएको छ ।त्रिभुवन विश्वविद्यालयबाट सञ्चालनमा आएका कुनै पनि परिक्षा रोकिएका छैनन् ।सामाजिक सञ्जालमा आएका हल्लाहरु निराधर रहेकोले कुनै पनि भ्रममा नपरी परिक्षा दिनुहुनका लागी त्रिभुवन विश्वविद्यायल व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले बताउँनुभयो ।
सामाजिक सञ्जालमा सोमबार दिउँसोदेखि परिक्षा स्थगित भएका हल्लाहरु आएका थिए । त्रिवि अन्र्तगत स्नातक तह प्रथम वर्षका परिक्षाहरु सञ्चालन भएका छन् ।











