
राम खड्का साउन १८, सन्धिखर्क ।
स्वास्थ बिमा कार्यक्रम लागू भएपछि अर्घाखाँचीमा ३० प्रतिशतले स्वास्थ बिमा गरेका छन् ।आर्थिक बर्ष २०७७र०७८ को अन्त्य सम्ममा ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी राम बहादुर थापाले बताए । २०७४ फागुन १५ गतेबाट लागू भएर २०७५ जेठ १ गतेबाट सेवा सुरु भएको जिल्लामा अहिलेसम्म २८ हजार १ सय २० जना पुरुष र ३० हजार ५ सय ९ जना महिला गरि जम्मा जनसंख्याको ३० प्रतिशत बिमा योजनामा समाबेश भएका छन् ।बिमा कार्यक्रममा पुरुष भन्दा महिला धेरै समाबेश भएका छन् । ६ वटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै पाणिनी गाउँपालिकामा १२ हजार ६ सय ९९ जना जम्मा जनसंख्याको ४८ प्रतिशत,छ्त्रदेब गाउँपालिकामा ११ हजार ३ सय २८ जम्मा जनसंख्याको ४५ प्रतिशत, सन्धिखर्क नगरपालिकामा १३ हजार १ सय २४ जना जम्मा जनसंख्या मध्ये ३२ प्रतिशत ,शीतगङ्गा नगरपालिकामा १० हजार ४ सय ७५ जना जम्मा जनसंख्याको २४ प्रतिशत ,मलारानी गाउँपालिकामा ५ हजार ९ सय ८३जना जम्मा जनसंख्याको २१।३३ प्रतिशत र भुमिकास्थान नगरपालिकामा ५ हजार २० जना जम्मा जनसंख्याको १५।३७ प्रतिशतले स्वास्थ बिमा गरेका छन् । २०६८ सालको जनसंख्या अनुसार अर्घाखाँचीमा १ लाख ९६ हजार ८ सय ९६ जनसंख्या रहेको छ ।जसमध्ये ३० प्रतिशतले मात्र स्वास्थ बिमा गरेका छन् । सरकारले ७० बर्ष माथिका जेष्ठ नागरिक , ूकूबर्गका अपाङ्ग , एचआईभी एड्स लागेका,कुष्ठरोग लागेका र अति बिपन्न परिवारको निशुल्क स्वास्थ बिमा गरिदिने गरेको छ । स्वास्थबिमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सयमा स्वास्थ बिमा गराउन सक्नेछन् ।बिमा बापत रु १ लाख बराबरको उपचार खर्च बिमाले बेहोर्ने गर्दछ । जिल्लामा रहेको अर्घाखाँची जिल्ला अस्पताल , प्राथमिक स्वास्थ केन्द्र बल्कोट र ठाडा तथा आखा उपचार केन्द्र सन्धिखर्कमा बिमा बाट स्वास्थ सेवा उपलब्ध रहेको थापाले बताए ।












