
राम खड्का साउन १९, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा चोरि कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ। ४ जना नाबालक सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले बताए । पछिल्लो समय जिल्लामा चोरीका घटनामा वृद्धि भएपछी प्रहरीले छुट्टै विशेष टोलि परिचालन गरेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा चोरिमा संलग्न व्यक्तिहरुको खोजी तथा नियन्त्रणको लागि खटिएको विशेष टोलीले चोरी भएको सामान र चोरिमा संलग्नलाइ पक्राउ गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । सन्धिखर्कका विभिन्न स्थानका पसलहरु बाट चोरी भएको सामान २५ तोला चादी, विभिन्न ५० भन्दा धेरै प्रकारका किराना सामानहरु, ३ वटा ल्यापटप , २५ वटा पुराना मोबाइल र रु १५ सयका रिचार्ज काड गरि विभिन्न सामान बरामद गरेको प्रहरीले जनाएको छ । चोरी भएका रिचार्ज कार्ड प्रयोग भएको मोबाईल नम्बरहरु पत्ता लगाई चोरीमा संलग्न व्यक्ति र सामान सहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्ने हरुमा सन्धिखर्क नगरपालिका वडा नं। ११ का बर्ष २६ को किशन नेपाली, सोहि स्थानका बर्ष १८ को रोसन नेपाली र १२, १३,१५ अनि १७ बर्षिय गरि ४ जना नाबालक रहेका छन् । पक्राउ परेका ६ जनालाइ जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












