
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ओली सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेको छ । देउँवा सरकारले भूमि व्यवस्था मन्त्रालयलाई सोमबार नै खारेज गरेको निर्देशन दिएको हो ।
सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो ।केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेजीको प्रस्ताव उठाउन आयोगका पदाधिकारी हटाउँदा अदालतबाट अन्तरिम आदेश लिएर फर्किने भएकाले आयोग नै खारेज गरिएको जनाइएको छ











