
राम खड्का , साउन १९ सन्धिखर्क ।
अर्घाखाँचीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ । मंगलवार जिल्लामा ३५ जना कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या ६ सय नाघेको हो ।मंगलबार थपिएका संक्रमित संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २५ पुगेको छ । अहिलेसम्म जिल्लामा ३ हजार पाँचसय २४ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा दुई हजार आठसय २५ जना सङ्क्रमण मुक्त भै सकेका छन् । अहिले सन्धिखर्क नगरपालिकामा २९१ जना,भुमिकास्थान नगरपालिकामा १०५ जना,सितगङ्गा नगरपालिकामा ३८ जना , पाणिनी गाउँपालिकामा ९१ जना,मालारानी गाउँपालिकामा ८६ जना र छत्रदेव गाउँपालिकामा १४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अबधिमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएसंगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।मृत्यु हुनेमा सन्धिखर्क८ का ६७ वर्षिय पुरुष रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए । जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्न थालेपछी साउन ३० गते राती १२ बजे सम्म पुर्ण निषेधाज्ञा जारी गरिएको छ













