
दिपक भट्टराई २० श्रावण २०७८



पाल्पा जिल्लाका १० वटा खानेपानी आयोजनामा स्वचालित पानी तान्ने मेसिन र ६ वटा खानेपानी आयोजनामा प्रदुषित पानीलाई शुद्धिकरण गर्न क्लोरिनेसन सिस्टम जडान गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फन्डबोर्ड) को आर्थिक सहयोग र सामाजिक स्रोत विकास केन्द्र (SRDCN) पाल्पाको सहजिकरणमा दशौ समुहमा सम्पन्न भएका आयोजनाहरुमा स्वचालित पानी तान्ने मेसिन र क्लोरिनेसन सिस्टम जडान गरिएको हो ।
फन्डबोर्डकी सामाजिक विज्ञ पार्वती रानाका अनुसार पछिल्लो पटक तानसेन नगरपालिका वडा नं १३ को चिउदी भुल्ने लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना र बेगनास गाउँपालिकाको सिरुङगा झिरभन्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनामा स्वचालित पानी तान्ने मेसिन (Automation system) र क्लोरिनेसन सिस्टम जडान गरिएको छ ।
यस्तै माथागढि गाउँपालिकाको फुलबारी खानेपानी तथा सरसफाइ आयोजनामा पनि पानी शुद्धिकरणका लागि ऋजयिचष्लबतष्यल क्थकतझ जडान गरिएको छ। स्वचालित पानी तान्ने मेसिन जडान गरेपछि पानी खोल्न र बन्द गर्न मानिसले धाईरहनुपर्ने झन्झट हटेको छ । क्लोरिनेसन सिस्टम जडानको कामले प्रदुषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको सम्बन्धित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।










