
साउन ३२, काठमाण्डौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाध्य भएर महाधिवेशनको मिति सार्न सहमत भएको खुलासा गरेका छन् । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले पूर्वनिर्धारित १४ औं महाधिवेशन सारेर संविधानलाई चुनौती दिइसकेको छ । यसरी संविधानविपरितको निर्णय आफूलाई मन नपरे पनि रोक्न नसकेको गुनासो गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाएका पौडेलले सरकारमा सहभागि हुने मन्त्रीहरको नामसमेत अहिलेसम्म नमागेको बताएका छन् । आफ्नो समुहबाट मन्त्री बनाउनेहरुको नाम तत्काल माग्न पनि पौडेलले आग्रह गरेका छन् । आफूले प्रधानमन्त्री तथा देउवालाई असयोग नगरेको दावी गर्दै पौडेलले देउवाले नै पार्टी कब्जा गर्न लागेको आरोप लगाए ।











