
पाल्पा शनिबार, भदौ ५,
पाल्पा तानसेनमा रहेको मेगा बैंक पाल्पा शाखा, मन्दिर सहयोग समितीका पदाधिकारी र मिलिजुली टोल बिकास संस्थाका सदस्यहरुको सहभागितामा प्रशिद्ध श्रीनगर गणेश मन्दिरमा सरसफाइ गरिएको छ । तानसेन सुरुहुन लाएका बिभिन्न जात्रा तथा पर्व अगाबै मेगा बैंक पाल्पा शाखाले सरसफाइ कार्यक्रम आयोजना गरेको मेगा बैंक पाल्पा शाखाका प्रमुख बिष्णु प्रसाद भण्डारीले जानकारी दिए।
कोरोनाका कारण यस वर्ष गणेश जात्रा नहुने र मन्दिर वरपर सामान्य रुपमा रथ गुमाइ जात्रा गरिने मन्दिर समितिले जनाएको छ । धुमधामले जात्रा नगरेपनि समय समयमा मन्दिर सरसफाइ गरिदै आएको र यस पटक मेगा बैंक पाल्पाको सहयोगमा सरसफाइ भएको मन्दिर सहयोग समितीले जनाएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै मेगा बैंक पाल्पाले मन्दिर सरसफाइ कार्य गरेको जनाएको छ । आगामी दिनमा पनी यस्ता सामाजिक कार्यले निरन्तरता पाउने गरि काम गर्न पहल गर्ने शाखाका प्रमुख बिष्णु प्रसाद भण्डारीले बताए ।
सरसफाइ कार्यमा एक दर्जन बढीको सहभागिता रहेको थियो । मन्दिर सहयोग समितीका अध्यक्ष केदारलाल श्रेष्ठले मन्दिर सरसफाइ कार्यमा सहयोग गर्नु हुने मेगा बैंक तथा मिलिजुली टोल बिकास संस्थालाई धन्यवाद दिए ।
मेगा बैंक पाल्पा शाखाले यस अघि पनी बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ ।












