ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

२ जेठ २०७५ मा फर्कियो एमाले, मंसिरमा महाधिवेशन

८ भदौ, काठमाडौं ।
नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ। नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ।
प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए। प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रूपमा अहिलेको बैठकलाई लिइएको छ। ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो। यो बैठकलाई दसौं बैठक नामकरण गरेका छौं’, प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरु भइसकेको छ। १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ। कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।’ बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो।
स्थायी कमिटीको शनिबार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो। जेठ २ पछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन्।
केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औं बैठक भनिएको स्पष्ट पारे। ‘पार्टी मिल्नु ९एमाले र माओवादीको एकीकरण०अघि नवौं बैठक भएको थियो। त्यसपछिको बैठक हो’, नेता तामाङले भने, ‘१० बुँदे प्रस्तावको भावनाअनुसार यसलाई दसौं बैठक भनिएको हो।’
उनले गत फागुन २३ पछि भएका केन्द्रीय कमिटीका भनिएका बैठकलाई विशेष बैठकमा परिणत गरिएको जानकारी दिए। ‘यसबीच भएका बैठक विशेष बैठकमा परिणत भए’, उनले भने। उनले फागुन २८ देखिका बैठक विशेष बैठकमा परिणत गरी ती बैठकका निर्णयलाई मान्यता प्रदान गरिएको जानकारी दिए।
एमालेको संस्थापन पक्षले फागुन २८ मा केन्द्रीय कमिटी भंग गर्दै दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो। तर, दोस्रो तहका नेताको दबाब र सर्वोच्च अदालतको आदेशपछि असार १६ मा महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो। निस्क्रिय रहेको कार्यदल अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २० गते भेट भएपछि बिउँतिएको थियो। तब लगातारको प्रयासपछि असार २७ गते कार्यदलमा १० बुँदे सहमति भएको थियो। तर, त्यो सहमतिप्रति वरिष्ठ नेता नेपालले असहमति राख्दै आएका छन्।
केन्द्रीय कार्यालयका सचिवसमेत रहेका तामाङले १० बुँदे प्रस्ताव कार्यान्वयनमा जाने बताए। उनका अनुसार कार्यान्वयनमा जाँदा २०७५ जेठ २ मा विद्यमान पार्टीको संरचना पुनस्स्थापित हुनेछ। २०७५ साल जेठ २ गतेको ९जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित० संगठनात्मक अवस्थाबाट क्रियाशील हुने र २०७७ फागुन २३ गतेपछिका दुवैतर्फका राजनीतिक र संगठनात्मक कामकारबाही स्वतस् बदर भएको १० बुँदे सहमतिमा उल्लेख छ।
अब जनवर्गीय संगठन तथा मातहतका कमिटी पनि पुरानै संरचना फर्किनेछन्। ‘अब पार्टीको संरचना जेठ २ को हुनेछ’, उनले भने, ‘जो आउँछ उसले त्यही जिम्मेवारी पाउँछ। जो आउँदैन र एमालेमा बस्दिनँ भन्छ भने उसका लागि बाटो खुला छ।’
देउवालाई मत दिने २२ जनासँग सोधियो स्पष्टीकरण
एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रवक्ता ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए। वरिष्ठ नेता नेपालसहित मुकुन्द न्यौपाने, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, सरला यादव, पुष्पाकुमारी कर्ण, प्रेम आले, धनबहादुर बुढा, कृष्णप्रसाद श्रेष्ठ ९किसान०, हीराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी र समिमा हुसेनले देउवालाई मत दिएका थिए।
उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। स्पष्टीकरणका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रवक्ता ज्ञवालीले बताए। ‘हामीले संसद्मा भएको समग्र घटनाक्रमलाई नेपालले हासिल गरेका अग्रगतिका प्रयासमाथि एक खालको धक्काका रूपमा लिएका छौं’, उनले भने, ‘पार्टीका केही सांसदहरूले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो। पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहीन र गलत कार्य भनेको छ।’
उनले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताए। ‘दश बुँदेले अर्को पार्टीलाई मत दिऔँ, पार्टीको निर्णय अवज्ञा नगर भनेको छैन’, उनले भने, ‘१० बुँदेले पार्टीलाई एकताबद्ध बनाउने हो। उहाँहरूले संसद्मा हिजो जे गर्नुभयो त्यो गलत हो।’
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा संसद्मा देखिएको परिदृश्य र त्यसले पार्टीको जीवनमा पारेको प्रभावबारे बैठकले गम्भीरताका साथ लिएको उनले जनाए। उनले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिने तहसम्म पुगेको र ११ जना मतदान नगर्ने स्थिति आएको बताए। कार्यदलको प्रयासले पनि नेपाललाई फर्काउन नसकेको तितो यथार्थ उनले प्रकट गरे।
देउवालाई विश्वासको मत दिनु पार्टीका लागि शर्मनाक र लज्जास्पद स् ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु पार्टीका लागि शर्मनाक र लज्जास्पद भएको बताए। अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भने, ‘संसद्मा शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूको कदम हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’ ओलीले पार्टीमा गुटबन्दीको नेतृत्व नेपालले गरेको भन्दै उनको आलोचना गरे।
उनले गठबन्धनबाट बनेको सरकारले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला गर्न सक्ने आशंका गरे। उनले उपाध्यक्ष रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिए। ‘हतारिएर किन राजीनामा दिएको रु सल्लाह गर्नुपर्ने। सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस्’, उनले भने। रावलले प्रधानमन्त्री देउवालाई विश्वसाको मत नहालौंभन्दा नेपालले हप्काएर पठाएको ओलीको दाबी छ। ‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बनाऔंभन्दा माधव नेपालले म विधि पद्धति निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए’, बैठकमा ओलीले भने।
बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले अहिले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको स्पष्टप पारे। ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्यालएका छौं। दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशस् लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, उनले भने , ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन।’ देश र जनताका लागि गर्व गर्न लायक काम गरे पनि अन्य दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उनको तर्क छ। भने, ‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भए पनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन्। पार्टीभित्रका महत्वकांक्षीहरूलाई सुर्याआएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ।’

सम्बन्धित खवर