तपाईंको दिन शुभ रहोस् ।




। आज मिति २०७८ साल भाद्र ९ गते बुधबार। सन् २०२१ अगस्त २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। भाद्र कृष्णपक्ष तृतीया तिथि। उत्तरभाद्र नक्षत्र। लुम्ब योग। बब करण। मीन राशीमा चन्द्रमा।
मेष .चु,च,ेचो,ला,ली,लु,ले,लो,अ
आजको दिन मध्यम रहेको छ।आकस्मिक धन प्राप्तिको योग छ। शारीरिक र मानसिक रूपले अधिक परिश्रम गर्नुपर्नेछ। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। अधिक खर्च हुनेछ।
वृष .ई,उ,ए,ओ,वा,वी,वु,वे,वो
तपाईलाई सर्वत्र लाभ होला। पारिवारिक सुख(शान्ति बनिरहनेछ। व्यापार एवम् पेसामा आय बढ्नेछ। घरमा शुभ प्रसंगको आयोजन हुनेछ।
मिथुन .का,की,कु,घ,ङ,छ,के,को,हा
बोली र व्यवहारमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। दुर्घटनाबाट बच्नुहोला। मानसिक उन्मत्तताको कारण समस्या उत्पन्न होला।
कर्कट .ही,हु,हे,हो,डा,डी,डु,डे,डो
शारीरिक वा मानसिक स्वस्थताको अभाव होला। छातीमा पीडा वा अन्य कुनै विकारबाट समस्या अनुभव होला। परिवारमा सदस्यसँग उग्र वाद(विवाद होला।
सिंह .मा,मी,मु,मे,मो,टा,टी,टु,टे
भाग्यवृद्दिको लागि अवसर प्राप्त होला। निर्धारित कार्य पूरा होला। छोटो यात्रा हुने योग छ। आर्थिक लाभ होला। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछ।
कन्या .टो,पा,पी,पु,ष,ण,ठ,पे,पो
नकरात्मक विचारले मनको अस्वस्थता बढाउनेछ। अनावश्यक खर्च हुन सक्ला। विधार्थीको पढाईमा मन लाग्नेछैन। बौद्धिक चर्चाको क्रममा विवादबाट बच्नुहोला।
तुला .रा,री,रु,रे,रो,ता,ती,तु,ते
विदेशमा बस्ने आफन्त वा मित्रको तर्फबाट शुभ समाचार मिल्ने योग छ। दाम्पत्यजीवन फलदायी रहनेछ । अदालती मामिलामा जीत हासिल होला। स्त्री वर्गबाट लाभ होला।
वृश्चिक .तो,ना,नी,नू,ने,नो,या,यी,यू
तपाईको कलात्मक र सिर्जनात्मक शक्ति श्रेष्ठतम रहनेछ। शारीरिक र मानसिक रूपबाट तंदुरुस्त रहनुहुन्छ। दृढ विचार र आत्मविश्वासबाट कार्य पूरा गर्न सक्नुहुन्छ।
धनु .ये,यो,भा,भी,भू,धा,फा,ढा,भे
प्रेमको सुखद अनुभव प्राप्त गर्ने सौभाग्य प्राप्त होला। आर्थिक, सामाजिक दृष्टिले लाभदायक दिन छ। व्यापारमा वृद्धि र लाभ हुनेछ।
मकर .भो,जा,जी,खी,खु,खे,खो,गा,गी
घर, परिवार र सन्तानको मामिलामा आनन्द र सन्तोष अनुभव गर्नुहुन्छ। व्यवसायिक कार्यको सम्बन्धमा दौडधुप बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ । आफन्तबाट लाभ होला।
कुम्भ .गू,गे,गो,सा,सी,सु,से,सो,दा
मानसिक रुपले स्वस्थ रहनुहुन्छ। काम गर्दा उत्साहको अभाव रहनेछ। अफिसमा उच्च पदाधिकारीसँग बचेर रहनुहोला। विदेशगमन हुने योग छ। सन्तानको चिन्ता रहनेछ।
मीन .दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
परिवार एवम् दाम्पत्यजीवनमा सुख( सन्तोष अनुभव होला। रोमान्सको पराकाष्ठा अनुभव होला । मोज(मस्ती र मनोरंजनबाट लाभ होला। जीवनसाथीसँग मेलमिलाप होला।
लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।








