
नारायण घिमिरे भावुक



विपि कोईराला नेतृत्वको नेपाली काङ्ग्रेसको केन्द्रिय समितिका सदस्य समेत रहनुभएका स्व। टंकनाथ काफ्ले पाल्पा जिल्लाका लागि काङ्ग्रेसका एक खम्बा हुनुहुन्थ्यो १ उहाँ नेपाली काङ्ग्रेस बाट जिल्लाको राजनीति हुँदै केन्दृय समिती सम्म पुग्नुभएको थियो । उहाँको स्मृतिमा स्मृती भवन पाल्पाको रामपुर वडा नं ९ खालिबनमा स्व। काफ्लेको शालिक निर्माण हुने भएको छ । यस योजनामा नेपाली काङ्ग्रेस पाल्पाका नेतागणहरुका सहयोगका हातहरु निरन्तर बढ्दै गएका छन् भने नेपाली काङ्ग्रेस पाल्पाका युवा नेता महासमिती सदस्य हिमाल दत्त श्रेष्ठले शालिक निर्माणको योजनालाई अगाडी बढाउँदै लगेका छ्न् । श्रेष्ठ आफैंले पनि आर्थिक भौतिक एवं योजनावद्द सहयोग गरि लागि परेको सराहनीय यो कार्यको लागि सहयोगि बाट हातहरु उठिरहेका छन् । स्व। काफ्ले पाल्पाली काङ्ग्रेसले बिर्सन नहुने एक सहिद भएका कारण उहाँको स्मृती स्वरुप शालिक निर्माण गर्नु प्रमुख उद्देश्य हो ।









