
१५ भाद्र २०७८,
अर्घाखाँची नेपाली कांग्रेसको १४ अधिवेशन नजिकै आउदा अर्घाखाँचीमा ६१ वटै वडामा यहीँ भदौ १८ गते वडा अधिवेशन हुने भएपछी चहलपहल तिव्र देखिएको छ । चोकचोक पार्टीपौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै गफ हुन्छ । नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ । वडामा नेतृत्वका लागी दौडधुप बढेको छ ।
सन्धिखर्क नगरपालिकाका १२ वडा, शितगंगा नगरपालिकाका १४ वडा, भुमिकास्थान नगरपालिकाका १० वडा, पाणिनी गाउँपालिकाका ८ वडा, मालारानी गाउँपालिकाका ९ वडा र छत्रदेव गाउँपालिकाका ८ वडा गरी जिल्लाका ६१ वडामा आउँदो १८ गते निर्वाचन तोकिएको हो । सोही दिन वडाले नयाँ नेतृत्व पाउनुका साथै क्षेत्रिय प्रतिनिधी समेतको टुङ्गो लगाउने छ ।
१८ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल ९मुस्कान० ले जानकारी दिए । सबै वडामा निर्वाचन अधिकृत तोकिसकिएको र निर्वाचन अधिकृतको प्रशिक्षण कार्यक्रम बुधबार बिपि स्मृति भवनमा राखिएको नेपाली कांग्रेस जिल्ला प्रकाशन तथा प्रचारप्रसारमा विभागका संयोजक माधव पौडेलले बताए ।




वडा अधिवेशनको तयारी लाई भव्य र सभ्य बनाउन नेपाली कांग्रेस अर्घाखाँचीको बैठक विपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ । कांग्रेस जिल्ला सभापति विष्णुु मुस्कानको सभापतित्वमा सम्पन्न बैठकमा , निवर्तमान सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, सचिवद्धय छविलाल पौडेल, विष्णुप्रसाद भुसाल, कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी लगायतका कांग्रेस नेताहरुको उपस्थिति रहेको कांग्रेसले जनाएको छ ।









