
१५ भाद्र, २०७८



पाल्पा । पाल्पा तिनाउकी १६ वर्षिया मोनिका बुटवलबाट सम्पर्कविहिन भएकी छन् । पाल्पाको तिनाउ गाउँपालिका– ३, पैठेडाँडाकी मोनिका थापा मंगलबारदेखि सम्पर्कविहिन उनी बुटवलस्थित समिट बोर्डिङ् स्कूलको कक्षा १० मा अध्ययनरत छिन्।
उनको खोजीका लागि घरपरिवारले बुटवल इलाका प्रहरी कार्यालयमा समेत जानकारी दिएको छिमेकी सन्तोषकुमार शेरचनले बताए । भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा घरपरिवार ९९८४७०११६८१० मा जानकारी गराई दिनुहुन समेत परिवारले अनुरोध गरेको छ।









