
अर्घाखाँची बल्कोट,



अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड– १९ प्रतिकार्यको लागि स्वास्थ्य सामग्री तथा उपकरणहरु बितरण गरेको छ ।
१४ लाख रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एशिया नेपालका परियोजना प्रबन्धक ईन्जिनियर सुनिल खनालले बताए । अक्सिजन कन्सन्ट्रेटर, सि क्याप डिभाइस, हस्पिटल माक्र्स, अक्सिमिटर लगायत २४ प्रकारको कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उनले बताए ।
संस्थाले बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ब्यबस्थापन समितिका अध्यक्ष राजेश कुमार पन्थी , छत्रदेव गा.पा. अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गा.पा.उपाध्यक्ष तुलसि देवि श्रेष्ठ लगायत प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी र स्थानीय वासीको उपस्थितिमा सस्थांका कार्यक्रम निर्देशक नवराज आचार्य र परियोजना प्रबन्धक सुनिल खनालले संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नु भयो ।

प्राप्त सहयोग सामग्री बुझ्दै छत्रदेव गा।पा। अध्यक्ष , छत्रदेव गा.पा. उपाध्यक्ष, स्वास्थ्य संस्था प्रमुख र व्यवस्थापन समितिका अध्यक्षले स्वास्थ्य संस्था बाट दिने सेवामा यस्ता सामग्रीहरुले महत्वपूर्ण सहयोग गर्ने बताए साथै सामग्री सहयोगका लागि एशिया नेपाललाई धन्यवाद व्यक्त गर्दै बिरामीहरुको सुलभ उपचारमा सदैव लागिरहेको बताए । उनले सामग्री उपलब्ध गराउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति एशिया नेपालका परियोजना प्रबन्धक सुनिल खनालले लाई धन्यवाद समेत प्रदान गरे साथै आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुले विरामीको सहज उपचारमा सहयोग पुग्ने बताए ।










