
नारायण घिमिरे भावुक- ३१ भदौ,
पाल्पाली संगम अमेरिकाले दिएको ४ थान निबुलाईजर मेशिन ,माक्स र सेनिटाईजर पाल्पा जिल्लाको बिकट गाउँको स्वाथ्य कार्यालय साविकको बाकामलाड,देबिनगर,जुठापौवा र फेक गाविसमा हस्तान्तरण गरिएको छ ।नेपाली काङ्ग्रेस पाल्पाका युवा नेता महासमिति सदस्य हिमाल दत्त श्रेष्ठ लगायत पाल्पालली संगमका सदस्य थान बहादुर मगर ,समाजसेवी नेविसंघ पाल्पा जिल्ला कार्यवाहक सभापति सुरेश बोहोरा तथा शान्ति झेडिको उपस्थितिमा उक्त स्वास्थ सामग्री हस्तान्तरण गरिएको थियो । नेपाली काङ्ग्रेस पाल्पाका युवा नेता श्रेष्ठ केही समयको अमेरिकी भ्रमण पश्चात् स्वास्थ सामग्री हस्तान्तरण तथा सामजिकमा सक्रिय छन् ।












