
नारायण घिमिरे,भावुक-३१ भदौ
अर्घाखाँचीको जिल्लाको पाणिनी गाउँपालिका वडा नं ४ निवासी दुर्गा प्रसाद अधिकारी र तुल्सिराम पोख्रेल नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशनको अवसरमा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला पार्टी सभापति श्रद्देय नेता विष्णु प्रसाद खनाल ञमुस्कानझले विहिबार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गरि उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको थियो । नेपाली काङ्ग्रेस अर्घाखाँचीका बरिस्ठ नेता श्याम नाथ कश्यपले पार्टी प्रवेश गर्नुभएकोमा अधिकारी र पोख्रेललाई बधाई दिदैँ युवाहरु प्रवेश गरि काङ्ग्रेसको किल्ला अझ मजबुत बनेको धारणा व्यक्त गर्नुभएको थियो । त्यसैगरी नेपाली काङ्ग्रेस पटौटिका नवनिर्वाचित सभापति धर्मराज घिमिरेले आफू सँग सँगै पढेका युवा साथी पार्टी प्रवेश गर्नुभएकोमा पार्टिलाई उर्जा मिलेको बताउदै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला उपसभापति शान्ता भण्डारी र नेपाली काङ्ग्रेस पाणिनी-४ पटौटिका पुर्व पार्टी सभापति शालिकराम घिमिरे लगायत नेपाली काङ्ग्रेस पटौटिका वडा पदाधिकारी,क्षेत्रीय प्रतिनिधी एवं कृयाशिल सदस्यहरुको उपस्थिती रहेको थियो ।












