
वि.सं.२०७८ साल असोज ०४ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– पूर्णिमा, रातको ०४ बजेर ५५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त उत्तराभाद्रपदा । चन्द्रराशि–कुम्भ,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त मीन । सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान ३० घडी २४ पला । पूर्णिमाव्रत ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।



वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुु पर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन, मनलाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ । वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । त्।र काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला, सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ ।स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिष प.तुलसी भारद्धाज निरौला
संपर्क ः ९८४१४०५०७३








