
शीत काब्य समाज नेपालले शीत काब्य समाज पाल्पा गठन गरेको छ ।आईतवार तानसेनमा औपचारिक कार्यक्रमको बिचमा समिती गठ्न गरेको छ । शितका परिकल्पनाकार पुष्कर अथक रेग्मीले गठनको घोषणा गरेका हुन ।
अध्यक्षमा इन्दिरा ज्ञवाली उपाध्यक्ष गोबिन्द खनाल र गणवती के।शि सचिवमा सुशिल बस्याल र कोषाध्यक्षमा जानकी अधिकारी सहित सात सदस्यहरु र पाँच सल्लाहकारको नाम कार्यक्रममा घोषणा गरिएको हो ।
कार्यक्रममा साहित्यकार देबेन्द्रराज शाक्य र साहित्यकार कृस्ण बहादुर के।शी द्रारा लिखित दुई “शीत” कृतिको बिमोचन गरिएको हो । उक्त कृतिहरुको साहित्कार टंक पन्त र साहित्यकार कमल खत्रीले समिक्षा गरेका हुन । शीत काब्य नयाँ बिधा भएको र यस बिधालाई माथी लैजान सकिने र माथी लैजानुपर्ने समिक्षकहरुले बताए।
शीतको जन्मभएको छोटो अबधिमा कृति बिमोचन गर्न पाउँदा खुशी लागेको र अझ केही कृति प्रकाशनको तयारीमा रहेको शीतका परिकल्पनाकार एवम् शीत काब्य समाज नेपालका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
शीत काब्य समाज नेपालको कोषाध्यक्ष एवंम पाल्पाको अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।उपाध्यक्ष गोबिन्द खनालले स्वागत मन्तव्य दिएका थिए।शीत काब्य समाज पाल्पाका सचीव सुशिल बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए।












